२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयलाई अध्यक्ष तिमिल्सिनाको पत्र , पदाबधि सकिएको सभामुखले दिएको निर्देशन नमान्नु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेख्नु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल समाप्त भएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेख्दै कार्यन्वयन नगर्न निर्देशन दिनुभएको हो ।

पत्रमा प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने ब्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा लेखिएको छ संविधान, प्रचलित कानुन र अभ्यासअनुरुप पदावधि मान्नुपर्ने र त्यस आधारमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको अबस्था छ ।

तिमिल्सिनाले प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भन्दै निर्वाचन आयोगलाई पत्र समेत पठाउनु भएको छ ।