१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरको आरोप: राणालाई नजरबन्द गर्नु मानव अधिकार उल्लंघन, महाअभियोग निष्क्रिय भइसक्यो



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको बताउनुभएको छ ।

गृहजिल्ला मोरङको विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाअभियोग निष्क्रिय भएकाले जबरालाई नजरबन्दमा राखेर सरकारले मानअवधिकारको उल्लंघन गरेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग निष्क्रिय भइसकेकाले राणालाई सर्वोच्च अदालतमा हाजिर गर्न दिनुपर्ने जिकिर गर्नुभयो ।

महाअभियोग लगाउने संसद्को अवधि समाप्त भएको उल्लेख गर्दै उहाँले महाअभियोग लगाउने सांसद्हरुनै नरहेपछि उनीहरु नै पुनः प्रतिनिधिसभामा जितेर आउँछन् नै भन्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसैले महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ ।” औचित्यहीन भइसकेको महाअभियोग अर्को संसद्मा जान्छ भन्नु गलत हुने उहाँको भनाइ थियो ।




भर्खरै