२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी प्रदेशमा वर्षा भइरहेको छ



अ+ अ-

काठमाडौँ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण बदली र लुम्बिनी प्रदेशका पश्चिमी भेगमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राजधानी काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँले मनसुन जारी रहेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

महाशाखाले जारी गरेको मनसुन बुलेटिनमा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यूनचापीय क्षेत्र अवस्थित रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।