५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक मुद्दा: कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी राष्ट्रपति कार्यालय  विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा रिटको सुनुवाइमा अदालतले राष्ट्रपतिलाई कारण देखाउ आदेश जारी गरेको छ ।

राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो । सबै निवेदन एकसाथ पेशीमा राखिएको थियो ।

संघीय संसदबाट पारित गरी २०७९भदौ २० मा नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।