• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ



file

काठमाडौँ । सर्वोच्च अदालतले कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार बिदाइ गर्ने भएको छ।

कामु प्रधानन्यायाधीश कार्कीले असोज १६ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजाग्रत पूर्णिमासम्म बन्द रहने हुँदा उहाँलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि गत फागुन १ गते महाअभियोग लागेपछि वरिष्ठ न्यायाधीशका हैसियतले कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम गर्दै आउनुभएको छ । महाअभियोग लागेपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो ।

वरिष्ठ न्यायाधीशको हैसियतमा अब हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आगामी मंसिर २७ गते उमेर हदका कारण अवकास पाएपछि हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्नुहुनेछ ।