२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु प्रधानन्यायाधीश कार्कीको आज बिदाइ



file
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार बिदाइ गर्ने भएको छ।

कामु प्रधानन्यायाधीश कार्कीले असोज १६ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोमबार घटस्थापना भएको र त्यही दिनदेखि अदालत कोजाग्रत पूर्णिमासम्म बन्द रहने हुँदा उहाँलाई आइतबार औपचारिक कार्यक्रम गरेर बिदाइ गर्न लागिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि गत फागुन १ गते महाअभियोग लागेपछि वरिष्ठ न्यायाधीशका हैसियतले कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम गर्दै आउनुभएको छ । महाअभियोग लागेपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो ।

वरिष्ठ न्यायाधीशको हैसियतमा अब हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आगामी मंसिर २७ गते उमेर हदका कारण अवकास पाएपछि हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्नुहुनेछ ।




भर्खरै