• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

युरोप पुगेर चन्द्र ढकालले भने- यहाँको समृद्धि नेपाल भित्र्याऔँ



काठमाडौ. । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ ।

स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको एनआरएन युरोप समितिले जनाएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।”

कतिपय एनआरएन एवं लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो “नेपालमा लगानीको वातावरण नभएको होइन, निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले पनि आवश्यकता अनुसार सहजीकरण गर्नेछ, नेपालका लगानीको यो उचित समय पनि हो, त्यसैले नेपालमा लगानीका लागि म सबै एनआरएका साथीहरुलाई आग्रह गर्दछु ।”

अहिले आफूले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उहाँको आग्रह थियो । आफूहरु एनआरएनसँगको संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजना यस्तै संयुक्त लगानीबाट सफल भई विद्युत उत्पादन हुन थालिसकेको उदाहरण पनि पेस गर्नुभयो ।

नेपालका विशेषगरी अहिले जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने बताउँदै उहाँले नेपालमा लगानीका यस्ता कैयौँ सम्भावना रहेकाले यसबाट लाभ उठाउन विभिन्न उदाहरण पनि पेस गर्नुभयो ।