४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)

काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)
कालोपुलमा ढल राखेपछि
अ+ अ-

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं । स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् ।

तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ ।

सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सिमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई वयवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् ।

कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्५ । कथामा हामीले बोलिरहनु भन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिर ।

काठमाडौंको कोटेश्वर नजिकै चक्रपथमा सडकको बीचमा बनाइएको डे«न ।

तीनकुने सडकमा फ्याकिएको डिभाइडर ।

गोदावरी सडकखण्डको बाँडेगाँउमा ढल निर्माणको क्रममा अलपत्र अवस्थामा

ग्वार्को सडकमा फ्किएको डिभाइडर ।

डिल्लीबजार सडक भत्केपछि देखिएको मंगालको ढक्कन ।

थसिखेल सडकमा अलपत्र निर्माण सामाग्री ।

ललितपुरको वालकुमारी सडको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएपछि

चापागाँउ सडकको बीचमा ढल अलपत्र राखेर ढलान गरेपछि ।

सुनाकोठी सडकमा बर्षे भेलले बनेको पोखरी ।

ढोलाहिटी सडकमा सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको सडक भासिएपछि राखिएको संकेत ।

खुमल्टार सडकको खाल्टो ।