५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयको गुणस्तरहीन दिवा खाजामा अभिभावकको असन्तुष्टि



file
अ+ अ-

पोखरीया । सरकारले विद्यालयमा दिवा खाजा व्यवस्था गर्न बर्सेनि ठूलो स्रोत/साधन खर्च गर्दै आएको छ । स्थानीय तहहरूले पनि आफ्ना साधन/स्रोत खाजाका लागि खर्च गर्दै आए पनि केही सामुदायिक विद्यालयमा दिवा खाजा गुणस्तरहीन भएको र अर्धकाँचो खानेकुरा बालबालिकालाई खुवाउने गरिएको गुनासो बढेको छ ।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषकतत्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिए पनि उनीहरुले नपाकेको खानेकुरा त्यो पनि चाहिने जति नदिइने गरिएका कारण बालबालिका टिफिनको बेला घर नै आउने गरेको सम्बद्ध अभिभावले बताएका छन् ।

पर्सा गर्दौलकी एक अभिभावक सोनमतीदेवी राम गुनासो गर्नुहुन्छ, “घरको आर्थिक अवस्था कमजोर भएका व्यक्तिका बालबालिकालाई विद्यालय पठाउनै मुस्किल हुने गरेकाले बालबालिका विद्यालय पढ्न आउन भनेर नै सरकारले दिवा खाजाको त व्यवस्था ग¥यो तर हाम्रो बालबालिकाका लागि विद्यालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी पनि सरकारले राख्न जरुरी थियो । कहिले अर्धकाँचो त कहिले खाजा नै नभेटिने, कहिले आधा पेट खाजा मात्रै दिने गरिएकाले बालबालिका खाजा खोज्दै घर आउनुपर्छ भने के फाइदा नामको लागि मात्रै खाजाको व्यवस्था गरेकोजस्तो देखाएर रु फाइदा मात्रै विद्यालयलाई होला हाम्रो बालबालिकालाई त छैन ।”

कतिपय विद्यालयमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम सञ्चालन भएको छैन भने कतिपय विद्यालयमा दिवा खाजाको नाममा अर्धकाँचो खाने कुरा दिइरहेका कारण बालबालिका बिरामीसमेत परेको सम्बद्ध अभिभावकको गुनासो छ ।

पर्सा हासवाकी फूलमती देवी भन्नुहुन्छ, “काँचै पकाएर दिइने दिवा खाजाका कारण बच्चा बिरामी पनि पर्छन् । कहिले त पेट नभरेर घर पनि आइपुग्छन् । बालबालिकालाई विद्यालयमा टिकाइराख्न र स्वस्थ राख्न यो व्यवस्था गरिएको भनिन्छ तर यहाँ खाजामा पनि भेदभाव गरिन्छ । विद्यार्थीका लागि एकथरीको र शिक्षक शिक्षिकाका लागि अर्को थरीको खाजा पकाइन्छ । त्यसैले सरकारका प्रतिनिधि आफैँ विद्यालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ ।”

दिवा खाजा कार्यक्रमको बजेट सङ्घीय सरकारबाट स्थानीय पालिकामा समयमै पठाईएपनि विद्यालयमा भने आर्थिक वर्षको अन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको बताउँदै पर्साका एक प्राध्यानाध्यापक शिवनाथ प्रसाद दिवा खाजा कार्यक्रमका लागि आएको बजेट वर्षको अन्तिम अर्थात् बजेट फ्रिज हुन केही दिन मात्रै बाँकी रहँदा निकासा हुने गरेको तथा सुरुमा दिइएको विद्यार्थी सङ्ख्याको आधारमा वर्षको अन्त्यतिर बजेट आउँदा विद्यार्थीको सङ्ख्या वृद्धि हुने गरेकाले समस्या सिर्जना हुने गरेको बताउनुहुन्छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेल दिवा खाजाबारे भएका वा हुने विभिन्न गतिविधि र समस्याका विषयमा सरोकार स्थानीय पालिका मै हुने गरेकाले पालिका र पालिकाका जनप्रतिनिधिले यसतर्फ विशेष ध्यान दिन आवश्यक रहको बताउँनुहुन्छ । उहाँ विभिन्न गुनासा र समस्या केन्द्रसम्म आइपुगे त्यसको समाधानका लागि पहलसमेत हुने गरेको जिकिर गर्नुहुन्छ ।

स्थानीय तहहरूका अनुसार दैनिक फरक–फरक खानेकुरा विद्यार्थीलाई उपलब्ध गराउन निर्देशन दिइए पनि खाजाको गुणस्तर तथा पोषक तत्व नपु¥याएर सरकारको निर्देशन औपचारिकतामा मात्र सीमित भएको अभिभावकहरूको गुनासो छ।