१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

चितवनमा एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड

चितवनमा एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड
अ अ+ अ-

चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् ।

कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् ।

भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, एनपिआइ नारायणी सामुदायिक अस्पताल र निजी अस्पताल समन्वय समितिका प्रमुख र प्रतिनिधिले समन्वयात्मक ढङ्गले काम गर्न यहाँको स्वास्थ्य सेवा थप सुदृढ हुनेमा जोड दिनुभएको थियो । यहाँका अस्पतालले पहिचानसहितको ‘एक अस्पतालः एक विशिष्टीकृत सेवा’ दिनुपर्नेमा पनि उहाँहरुको भनाइ थियो ।

एक अस्पतालमा नभएका सेवा जिल्लाकै अर्को अस्पतालमा रिफर गर्ने, दुई वा त्योभन्दा बढी अस्पतालका चिकित्सक मिलेर एकै ठाउँमा जटिल उपचार र शल्यक्रिया एक साथ गर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनजस्ता जटिल कार्यसँगै गर्ने कुरामा सहभागीको एकमत रहेको थियो । यहाँका दुई सरकारी अस्पताल, दुई मेडिकल कलेज २२ वटा निजी अस्पतालमा दैनिक सात हजार हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । चितवनसहित देशैभरबाट बिरामी यहाँ आउने गर्दछन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जिल्लाका ‘एक अस्पतालमा एक विशिष्टिकृत विशेष सेवा दिने गरी तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसूतिका लागि भरतपुर अस्पताल उत्कृष्ट भने जस्तै मेडिकल कलेज र अन्य अस्पतालमा एउटा सेवामा विशेष जोड दिउँ । जसले गर्दा बिरामी बाहिर जानु पर्दैन ।” हतारहतारमा बाहिरबाट बिहान आएर बिरामी जाँचेर बेलुका फर्कनुपर्ने अवस्था चितवनमा अब नरहेको उहाँले बताउनुभयो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेले यहाँ भएका सेवालाई थप विशिष्टीकृत गर्दै नभएका सेवा भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गुणस्तरीय सेवामा सबैले जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चिकित्सक मात्रै होइन, यहाँका नागरिक पनि हौँ, यसको स्वास्थ्य क्षेत्रको विकासमा हाम्रो भूमिका आवश्यक छ ।”

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले जिल्लामा सेवा विस्तार राम्रो हुँदै गएको भन्दै थप गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । सरोकारवाला मिलेर काम गर्दा बिरामीलाई समेत फाइदा पुग्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अब हामी नेपालको कुनै ठाउँमा भन्दा उपचारमा कमजोर छैनौँ ।” भारत र अन्य देशसमेत जाने बिरामीलाई रोक्ने गरी पूर्वाधार, उपकरण र जनशक्ति जिल्लामै रहेको उहाँले बताउनुभयो ।

कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा भी नटराज प्रसादले आफूले साँझ अबेर काठमाडौँमा भिडियो एक्सरे गर्ने चिकित्सक नभेटेको उहाहरण दिँदै उहाँले यहाँको सेवा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिले हामीलाई सन्तुष्टि हुँदैन थप गुणस्तरीय सेवा दिनुपर्छ, त्यसका लागि सबै मिलेर काम गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “पहिलो काम मिलेर अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनको काम गरौँ ।” सरोकारवालासँगै मिलेर काम गर्नसकेमा स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा मनोहर प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, एनपिआइ नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक विष्णु कुँवर र निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले समन्वयमा काम गर्नसकेमा काममा सहजतासँगै गुणस्तरमा सुधार आउने बताउनुभयो । जिल्लामै उत्कृष्ट सेवा दिन सकिने भए पनि उचित प्रचारप्रसारको अभावमा बिरामी बाहिर जाने गरेको भन्दै उहाँहरुले नेपालमा हुने स्वास्थ्य सेवा यही दिन सकिनेमा जोड दिनुभयो ।

छलफलपछि जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक गौतम, कलेज अफ मेडिकल साइन्सेसका आवासीय निर्देशक डा प्रधान, चितवन मेडिकल कलेजका निर्देशक डा लम्साल र नारायणी सामुदायिक अस्पतालका कुँवर सदस्य हुनुहुन्छ ।

आयोजक सस्था कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जिल्लाका सरोकारवाला निकाय सहित अस्पतालका प्रमुखका उपस्थितिमा सम्पन्न कार्यक्रम भएको पहिलो भएको कान्तिपुर हेल्थका प्रधानसम्पादक तिलक रिमालले जानकारी दिनुभयो ।