३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य

नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य
अ+ अ-

देशी तथा विदेशी पर्यटक कयौँ कारणले नेपाल घुम्न रुचाउँछन् । केही पर्यटक ठूला ठूला हिमालप्रति आकर्षित हुन्छन् । केही भने हिमालको शिखर चुम्न र पदयात्राका लागि आकर्षित हुन्छन् । केही मानिस यहाँको संस्कृति र यहाँका खास पर्यटकीय स्थल हेर्न रुचाउँछन् ।

सुन्दर हिमालका टाकुराका साथै नेपाल बौद्ध र हिन्दू धर्मको प्रमुख केन्द्र पनि हो । नेपालका यी प्रमुख १० पर्यटकीय गन्तव्यको यात्राबिना तपाइँको नेपाल घुमाइ अपूरो नै रहनेछ ।

१) काठमाडौँ

काठमाडौँ नेपालको सांस्कृतिक राजधानी हो । यो एक अत्यन्त आकर्षक सहर पनि हो । यो सहर नेपालको यस्तो स्थान हो जसले पर्यटकलाई साँच्चै नै रोमाञ्चित बनाउँछ । एक हजार ४०० मिटरको उचाइमा रहेको यो सहर मठ, मन्दिर र आध्यात्मिकताका लागि प्रसिद्ध छ ।

पशुपति क्षेत्र, पाटन दरबार स्वायर, स्वयम्भू, भक्तपुर दरबार स्क्वायर, काठमाण्डौँ दरबार स्क्वाय, बौद्धनाथ स्तुप जस्ता थुप्रै पर्यटकीय क्षेत्र यहाँ रहेको छन् ।

२) पोखरा

पोखरा नेपालको सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्येको एक हो । हिमालयको काखमा रहेको पोखरालाई नेपालको पर्यटकीय राजधानी पनि मानिन्छ । यो विशेष पर्यटन गन्तव्यको सयर गर्न प्रत्येक वर्ष लाखौँ मानिस पोखरा आउँछन् ।

पोखरा काठमाडौँपछिको दोस्रो ठूलो पर्यटकीय सहर हो जुन ९०० मिटरको उचाइमा अवस्थित छ । हिमालयको प्रवेशद्वाराका रुपमा रहेको पोखराले यहाँ आउने पर्यटकहरुलाई आफ्ना सुन्दर स्थलहरुका साथै रोमाञ्चक खेलहरुबाट पनि साक्षात्कार गराउँछ ।

३) नगरकोट

यदि तपाइँ हिमालयका शिखरको सुन्दरतालाई नजिकैबाट नियाल्न चाहनुहुन्छ भने नगरकोट सबैभन्दा सही गन्तव्य हो । यो स्थानबाट तपाइँले हिमालयका १३ पर्वत शृंखलामध्ये आठ शृंखला देख्न सक्नुहुन्छ । नगरकोट काठमाडौँबाट २८ किलोमिटरको दूरीमा छ । दुई हजार मिटरको उचाइमा रहेको नगरकोट प्रकृतिप्रेमीका लागि स्वर्ग समान छ ।

४) जनकपुर

जनकपुरलाई जनकपुत्री सीताको जन्मस्थान र भगवान् रामको विवाह भएको सहरका रुपमा मानिन्छ । यो सहरले आफ्नो सुखद मौसम, उत्सव तथा मन्दिरहरुका कारण प्रत्येक वर्ष लाखौँ मानिसलाई आकर्षित गर्छ । यहाँको जानकी मन्दिर अत्यन्त प्रसिद्ध छ ।

५) लुम्बिनी

नेपालको अर्को घुम्नै पर्ने स्थान लुम्बिनी पनि हो । भगवान् बुद्धको जन्मस्थल यो सहर बौद्ध धर्मको प्रमुख तीर्थस्थल हो । लुम्बिनी विश्व सम्पदा सूचीमा परेको धरोहर पनि हो । लुम्बिनीमा रहेका स्तूप र मठले यो सहरलाई विशेष बनाएको छ । यो स्थानलाई सम्राट अशोकको स्मारक स्तम्भका रुपमा पनि चिनिन्छ ।

६) सगरमाथा

सगरमाथा विश्वकै सर्वोच शिखर हो । यो नेपालको मात्र नभएर विश्वभरका मानिसहरुको महत्वपूर्ण गन्तव्य पनि हो। साहसिक पदयात्रामा रुचि राख्नेका लागि सगरमाथ बेसक्याम्प उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँ बर्सेनि हजारौँ पर्यटक पुग्ने गर्छन् ।

७) खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालमा अवस्थित छ । चारपहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ। खप्तड राष्ट्रिय निकुञ्ज सन् १९८४ सालमा स्थापना भएको हो । यो निकुञ्ज २२५ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ ।

यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुञ्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधताले भरिएको खप्तड क्षेत्र पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्य हो ।

८) रारा ताल

रारा ताल एक पटक पुग्नै पर्ने स्थान हो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ ।

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ ।

९) माथिल्लो मुस्ताङ

माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । मनोरम दृश्यले हरेक मानिसलाई माथिल्लो मुस्ताङले आकर्षित गरिरहेको छ । नेपालको अन्य भौगोलिक बनोटभन्दा फरक माथिल्लो मुस्ताङको प्राकृतिक सौन्दर्यले यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ ।

१०) अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्गलाई विश्वको चर्चित पदमार्गमध्ये एक मानिन्छ । । यो पदमार्ग विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्दछ । त्यसैले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरलाई भनिन्छ । बेँसीसहर खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।