२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ ।

प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताउनुभयो ।