५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाद्वारा राष्ट्रपतिको राजीनामा माग गर्दै मधेशमा चरणबद्ध आन्दोलन घोषणा



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

जसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेको हो । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकराण्का लागि राष्ट्रपतिकहाँ पुगेको सो विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो ।

जसपाले राष्ट्रपतिको संवैधानिक व्यवस्थाबमोजिम सो विधेयक प्रमाणीकरण नगरेपछि उहाँको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

शनिबारदेखि जसपाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । पार्टीले बुधबार र बिहीबार पनि मधेश प्रदेशका आठ वटै जिल्लामा राष्ट्रपति भण्डारीको पछिल्लो कदमप्रति विरोध गरेको थियो ।

आन्दोनका कार्यक्रमअनुसार असोज ८ गते जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका बारेमा नागरिक समाजलगायतसँग अन्तरक्रिया गर्ने रहेको छ । त्यस्तै असोज ११ गते पार्टीका भ्रातृ संगठनले राष्ट्रपति विरुद्ध प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने, असोज १३ गते पालिका र वडास्तरमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।