• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु



Symbolic Picture

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिनुभयो ।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताउनुभयो । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस