२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा युद्धले शान्ति ल्याएको छः अध्यक्ष दाहाल(भिडियोसहित)



अ+ अ-

काटमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले अहिले पनि नेकपा (माओवादी केन्द्र) मा मानवता,लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताउनु भयो । उहाँले शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युद्धमा पनि हामी यस्तै थियौँ । अहिले पनि हामी मानवता,लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ । युद्ध एउटा परिस्थितिको बाध्यता थियो । त्यो बाध्यताको उपज थियो । तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन ।

युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन् । मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन । अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता । अहिले यसलाई टुंग्याउनको लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ हामी लागिरहेका छौँ । यो विभ्रम हामी दिमागबाट अटाइदिऔँ । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ ।’

अध्यक्ष दाहालले पूर्व प्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।