१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग(भिडियोसहित)

नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपति भण्डारीले नागारिकता विधेयक प्रमाणिकरण गर्ने संवैधानिक दायित्व पूरा नगरेको भन्दै प्रमाणिकरणका लागि परमादेश जारी गर्न मागसहित बिहीवार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, कानूनका विद्यार्थी अविनेश अधिकारी लगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर संयुक्त रुपमा रिट दायर गर्नुभएको हो । रिट दायरपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अधिवक्ता सागर बरालले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको भएपनि संविधान अनुरुप विधेयकलाई प्रमाणिकरण नगरी संविधानको उल्लंघन गरेको बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीले संवैधानिक कू गरेकाले प्रमाणिकरणका लागि परमादेश माग गर्दै अदालतमा रिट दायर गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिले संविधान अनुसार एकपटक मात्रै विधेयक फर्काउन पाउनुहुन्थ्यो । संसदले फेरि विधेयक पठाउँदा समेत उहाँले त्यसलाई प्रमाणिकरण नगरेको हुनाले उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्नु भएन । नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको छ । संरक्षकले नै संविधान भंग गरेको अवस्था प्रष्ट रुपमा देखिन्छ ।

नेपालको संवैधानिक इतिहासमै यो एउटा संवैधानिक कू भनेर भन्छु म यसलाई । यो संवैधानिक अपराध समेत हो । राष्ट्रपपतिले जुन संवैधानिक दायित्व पूरा गर्नुभएको छैन त्यसलाई आधार लिएर दायित्व पूरा गर्नुपर्ने हुन्छ । नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गर्नुपर्ने हुन्छ भनेर सर्वोच्च अदालतमा हामीले परमादेशका लागि जिकिर लिएका छौँ ।’

दायर गरिएको रिटमा राष्ट्रपतिको नाममा संविधानको धारा १३३(२)(३) बमोजिम परमादेशको आदेश जारी गरिपाउँ भनि माग गरिएको छ ।