५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणिकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

राष्ट्रपति भण्डारीले नागारिकता विधेयक प्रमाणिकरण गर्ने संवैधानिक दायित्व पूरा नगरेको भन्दै प्रमाणिकरणका लागि परमादेश जारी गर्न मागसहित बिहीवार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, कानूनका विद्यार्थी अविनेश अधिकारी लगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर संयुक्त रुपमा रिट दायर गर्नुभएको हो । रिट दायरपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अधिवक्ता सागर बरालले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको भएपनि संविधान अनुरुप विधेयकलाई प्रमाणिकरण नगरी संविधानको उल्लंघन गरेको बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीले संवैधानिक कू गरेकाले प्रमाणिकरणका लागि परमादेश माग गर्दै अदालतमा रिट दायर गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिले संविधान अनुसार एकपटक मात्रै विधेयक फर्काउन पाउनुहुन्थ्यो । संसदले फेरि विधेयक पठाउँदा समेत उहाँले त्यसलाई प्रमाणिकरण नगरेको हुनाले उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्नु भएन । नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको छ । संरक्षकले नै संविधान भंग गरेको अवस्था प्रष्ट रुपमा देखिन्छ ।

नेपालको संवैधानिक इतिहासमै यो एउटा संवैधानिक कू भनेर भन्छु म यसलाई । यो संवैधानिक अपराध समेत हो । राष्ट्रपपतिले जुन संवैधानिक दायित्व पूरा गर्नुभएको छैन त्यसलाई आधार लिएर दायित्व पूरा गर्नुपर्ने हुन्छ । नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गर्नुपर्ने हुन्छ भनेर सर्वोच्च अदालतमा हामीले परमादेशका लागि जिकिर लिएका छौँ ।’

दायर गरिएको रिटमा राष्ट्रपतिको नाममा संविधानको धारा १३३(२)(३) बमोजिम परमादेशको आदेश जारी गरिपाउँ भनि माग गरिएको छ ।