• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

वीर अस्पताल अगाडि चल्यो महानगरको डोजर(भिडियोसहित)



काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।

बिहीवार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्शामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधवार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।

सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ । महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ ।

यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।