२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीको प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ।

पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताउनु भयो।

परियार, विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन। पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन।