२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु



अ+ अ-

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

गजुरीमा बाटो काट्ने क्रममा जेब्राक्रसमा रहेका विद्यार्थीलाई गाडीले ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका विद्यार्थी गजुरीको आदर्श माद्यामिक बिद्यालयका विद्यार्थी रहेका छन् ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।

उनीहरुले सडकमै शव राखेर प्रदर्शन गरिरहेकाले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।