१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

प्रधानमन्त्रीको कानूनविद्हरुसँग छलफल, राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको उल्लंघन भएको निष्कर्ष(भिडियोसहित)

प्रधानमन्त्रीको कानूनविद्हरुसँग छलफल, राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको उल्लंघन भएको निष्कर्ष(भिडियोसहित)
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श शुरु गर्नुभएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरुलाई बोलाएर प्रधानमन्त्री देउवा लगायत गठबन्धनका शीर्ष नेताहरुले सरकारको आगामी बाटोको सम्बन्धमा कानूनी परामर्श गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता पदम रोक्काले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गर्नुभएको बताउनु भयो ।

उहाँले एक पटकका लागि संसदमा विधेयक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई भएपनि दोस्रो पटक पुनः प्रमाणिकरणका लागि पुगेको विधेयक प्रमाणिकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको बताउनु भयो । आफूहरुले राष्ट्रपतिको कदम संविधानसम्मत नभएको भन्ने सुझाव प्रश्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिको संविधानले दिएको जुन अधिकार हो । उहाँले संविधान बमोजिम निर्वाह गर्नुपर्ने कर्तव्य राष्ट्रपतिले आफ्नो कर्तव्य पूरा गर्नुभएन । संवैधानिक व्यवस्थाको उहाँले उल्लंघन गर्नुभयो भन्ने विषय छ । संविधानको व्यवस्था संसदबाट पारित गरेर पठाएपछि एक पटक पुनर्विचार गर्ने तर फेरि पठाइसकेपछि त्यो बिललाई इन्कार गर्ने प्रमाणिकरण नगरी बस्ने अधिकार संविधानले दिएको छैन ।

संवैधानिक व्यवस्थाभन्दा बाहिर उहाँ जान मिल्दैन । उहाँले जुन विल प्रमाणिकरण गर्नुभएन । संविधानले तोकेको १५ दिनको समयलाई पालना नगरेर पकेटमा राख्नुभएको अवस्था छ । त्यो विषय संविधानसम्मत भएन । राष्ट्रपतिबाट संविधानका सीमाहरु उल्लंघन गर्ने काम भयो ।

उहाँले संवैधानिक दायित्वहरु पूरा गर्नुभएन भन्ने विषयमा प्रधानमन्त्रीज्यू, शीर्षस्थ दलका नेतृत्वगणहरु छलफल र परामर्शको लागि हामीलाई बोलाउनुभएको थियो । र हामीहरुले पनि संवैधानिक मूल्यमान्यताको दृष्टिकोणले, संविधानवादको सिद्धान्तको दृष्टिकोणले र हाम्रो संविधानको जुन प्रकारको स्प्रिट छ, त्यसका आधारमा हामीले हाम्रा सुझावहरु त्यहाँ राख्ने काम भएको छ । आ–आफ्नो ढंगबाट हामीले हाम्रा सुझावहरु प्रश्तुत गरेका छौँ । उहाँहरुले सुन्नुभएको छ । र उहाँहरुले कुनै प्रकारको निस्कर्षमा पुगेर अगाडी जानुहोला ।’

अधिवक्ता रोक्काले राष्ट्रपतिको कदमको यो विषय सर्वोच्च अदालतमा जानसक्ने पनि उल्लेख गर्नुभयो ।