५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनविद्हरुसँग छलफल गर्दै सत्ता गठबन्धन



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब के गर्ने भन्नेबारेमा कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिले संवैधानिक व्यवस्था उल्लंघन गरेर संघीय संसदको घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकाल्दै कानुनविद्हरुसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा गठबन्धनबीच अबको कदमबारे दुई विकल्पमा छलफल भएको स्रोतको दाबी छ । पहिलो विकल्पको रुपमा राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतः प्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने भन्ने छ । त्यस्तै, दोस्रो विकल्प भने संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने छ ।

यही विकल्पहरुबारे छलफल गर्नको लागि सत्तारुढ दलहरुले कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाएका छन् ।कानुनविद्हरुको सुझावका आधारमा गठबन्धनले कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्ने बुझिएको छ ।