२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुङकोट ट्र्याक खुलेको २५ वर्षमा सडक कालोपत्र



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो ।

दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन वर्षदेखि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । कोभिड–१९ का बेला भएको बन्दाबन्दीका बीचमा मानुङकोट ‘भाइरल’ नै भएको थियो । त्यतिबेला एकैदिनमा १० हजारभन्दा बढी पर्यटक मानुङकोट पुगेको तथ्याङ्क छ ।

विसं २०७५ साउन १७ गते सम्झौता भएर कालोपत्र थालिएकामा गत असार १५ गते कालोपत्र सम्पन्न भएको सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिनुभयो । रु सात करोड तीन लाखको लागतमा ४।६ किलोमिटर सडक कालोपत्र भएको हो । उक्त सडक खण्डमा ४।९ किलोमिटर नालीसमेत निर्माण गरिएको छ । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । अझै दुई किलोमिटर सडकखण्ड कालोपत्र गर्न बाँकी छ ।

मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले विसं २०५४ सालमा खनिएको सडक अहिले बल्ल कालोपत्र भएको बताउनुभयो । “अझै पनि बाटो कालोपत्र पुरा भइसकेको छैन, ठाउँ ठाउँमा अझै कालोपत्र बाँकी छ,” थापाले भन्नुभयो । बाटो कालोपत्र हुँदा मानुङ पुग्ने सर्वसाधारणलाई समस्या हुँदै आएकामा अब कालोपत्र सडकमा सजिलैसँग यात्रा गर्न पाइने थापाले बताउनुभयो ।

सडक कालोपत्र भएपछि मानुङकोट पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो । कोभिड–१९ र बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । “कालोपत्र सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटकको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्नेक्रम बढ्यो”, श्रेष्ठले भन्नुभयो ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनःमानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनःमानुङकोट उक्लिएको उहाँले बताउनुभयो । “अहिले त बाटो कालोपत्र भइसक्यो, जे चाहिए पनि दमौलीबाटै लैजान सकिन्छ”, उहाँले भन्नुभयो, “गाउँमै सम्भावना देखेपछि फर्किएर होटल चलाइरहेको छु ।”

मानुङकोटको विकास अभियानमा व्यास नगरपालिकाको मुख्य चासो रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताउनुहुन्छ । “मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारी र निजी क्षेत्रको साझेदारीमा मानुङकोटको विकास गर्छौं ।” यसअघि बतास समूहले मानुङकोटमा रु चार अर्ब योजनाको प्रस्ताव गरे पनि त्यसमा मुद्दा परेपछि रोकिएको बताउँदै अहिले मुद्दाको फैसला आइसकेकाले अब त्यो प्रक्रिया अगाडि बढ्ने न्यौपाने बताउनुहुन्छ ।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा पर्यटकको सङ्ख्या झनै बढ्छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालयीत आन्तरिक पर्यटक मानुङकोट पुग्छन् । यहाँबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला र तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।




भर्खरै