१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

धानबालीमा रोगको समस्या, किसान चिन्तित

धानबालीमा रोगको समस्या, किसान चिन्तित
अ अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुर र कैलालीमा लगाइएको धानबालीमा रोगको समस्या देखिएको छ । किसानले लगाएको सर्ज ५२ जातको धानबालीमा रोगको समस्या देखिएको हो ।

कृषि ज्ञानकेन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरिदत्त जोशीले सर्ज ५२ जातको बीउ लगाएका किसानको धानबालीमा रोगको समस्या देखिएको बताउनुभयो । “सर्ज ५२ नामको बीउ लगाएका किसानको धानमा रोग देखिएको छ”, उहाँले भन्नुभयो, “यो जातको धानको बीउ हरेक वर्ष परिवर्तन गर्नुपर्छ पुरानो बीउ लगाएका कारण रोग देखिएको हो ।” उहाँले किसानलाई यो जातको बीउ नलगाउन आग्रह गरे पनि धेरै किसानले लगाएको बताउनुभयो ।

“धान लगाउने बेला युरियासँग जिङ्क मिसावट गरेर हाल्नुपर्ने हुन्छ यस वर्ष किसानले समयमा मल नपाएका कारणले पनि होे”, उहाँले भन्नुभयो, “कैलाली–कञ्चनपुरमा अहिले यही समस्या देखिएको छ ।” उहाँका अनुसार पानीको कमी र बीउ पुरानो भएका कारणले पनि धानबालीमा समस्या देखिन्छ ।

“औसतमा पाँच प्रतिशत जग्गामा लगाएको धानमा रोग लागेको छ”, उहाँले भन्नुभयो, “धान लगाउने बेला किसानले पनि सचेत हुन जरुरी छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका तुला दत्त जोशीको छ बिघा जग्गामा लगाएको धान बालीमा रोगले सखाप पारेको छ । उहाँले लगाएको सर्ज ५२ जातको बीउमा रोगको समस्या देखिएको बताउनभयो ।

“अन्य जातको धानबालीमा समस्या छैन यसमा मात्रै रोग देखिएको छ”, उहाँले भन्नुभयो, “धानमा बाला नलाग्ने बोट कुहिएर जाने समस्या छ ।” उहाँले पाँच बिघा जमिन वार्षिक भाडामा लिएर धानखेती गरिरहेको बताउनुभयो । “सर्ज, सिन्की, सावित्र र मनसुली चार जातका धान रोपेको छु अरुमा समस्या देखिएन सर्जमा पूरै सखाप छ”, उहाँले भन्नुभयो, “विगतका वर्षमा यस्तो हुन्थेन यो वर्षमात्रै भयो ।”

वार्षिक रु ५० हजारमा भाडामा लिएको जग्गामा धान नफलेपछि उहाँ चिन्तित बन्नुभएको छ । “यो रोगले गर्दा यो वर्ष लगानी पनि नउठ्ने भयो”, उहाँले भन्नुभयो, “रोपाइँ गर्दा मात्रै रु ४० हजार जति खर्च भएको थियो ।” उहाँले पटकपटक गरेर घानबालीमा मलखाद छरे पनि धानबाली नआएको बताउनुभयो ।

“रोग देखिएपछि धानको बोट लगेर कृषि ज्ञान केन्द्रमा कृषि प्राविधिकलाई देखाए रोग पत्ता लगाउन सकिएन”, उहाँले भन्नुभयो, “कृषि प्राविधिकको सल्लाहअनुसार पछि जिङ्क मिसाएर युरिया हाले त्यसले पनि काम गरेन ।” कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।