१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँअघि नै सहज बनाइँदै बागलुङका ग्रामीण सडक



अ+ अ-

बलेवा । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाका समयमा बाढी र पहिराका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिकामुकाम जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताउनुभयो । “दसैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगर प्रमुखकको निर्देशन थियो”, उहाँले भन्नुभयो, “हामीले सबै वडामा काम थालेका छौँ, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको काम भइरहेको छ ।”

जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकिएको छ । सबै वडामा वडाध्यक्षको सक्रियतामा सडक मर्मतको काम भइरहेको उहाँले बताउनुभयो । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको जनाइएको छ ।

मुख्य चाडबाड नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो । सवारी नै नचल्ने र चले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैँअगावै सडकलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।

बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष वर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो । “खहरे खोलाले खोलका ठाउँमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षत्विच्छेद बनाएको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “चाडबाडका बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ ।”

काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । “चाडबाड आए भनेर सडक मर्मतको काम भइरहेको छ, तर वर्षा रोकिएको छैन”, गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भइरहेको छ ।”

बुर्तिबाङ–बोङ्गादोभान सडक खण्ड
तस्बिर: डम्मर बुढा मगर/रासस

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ । नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ ।

यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाटसमेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरामा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिरहेको उपप्रमुख राजु खड्का बताउनुहुन्छ । गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ । रासस