२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहाली टी२०: भारतमाथि अस्ट्रेलियाको शानदार जित



अ+ अ-

भारतको मोहालीमा मंगलबार साँझ भएको भारत र अस्ट्रेलियाबीचको पहिलो टी२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ ।

भारतले प्रस्तुत गरेको २०९ रनको चुनौतीपूर्ण लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा म्याथ्यु वेड र क्यामरुन ग्रिनको महत्वपूर्ण योगदान रहेको थियो । वेडले २१ बल खेल्दै ४५ रन बनाएका थिए । ग्रिनले ३० बलको सामना गरी ६१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पनि हार्दिक पान्ड्याको ७१, के एल राहुलको ५५ र सूर्यकुमार यादवको ४६ रनको मद्दतले २०८ रन बनाएको थियो । पान्ड्याले ३० बलको सामना गरी ७१ रन बनाएका थिए जसमा ५ छक्का र सात चौका सामेल थिए ।

यी दुई बीच दोस्रो टी२० खेल आगामी शुक्रबार तथा अन्तिम टी२० आगामी आइतबार हुनेछ ।

टी२० विश्वकप अघि यी दुई बीचको खेल अभ्यासका रुपमा निकै महत्वपूर्ण मानिएको छ ।