२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट नक्कली नोट सहित एक जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।