८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छः नेत्री देउवा



sf+u|]; g]q[ b]pjf jL/u~h, $ c;f]h . jL/u~hdf dªunaf/ dlxnf ;+3 s]lG›o ;ldltåf/f cfof]lht k|lzIf0f sfo{qmddf g]kfnL sf+u|];sL g]q[ 8f cf/h’ b]pjf k|lzIf0f lbFb} . tl:a/ M k’?iff]Qd ;’j]bL, /f;;
अ+ अ-

वीरगञ्ज । नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताउनुभयो ।

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा उहाँले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गर्नुभयो । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।