२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा दुईको मृत्यु, चार घाइते



अ+ अ-

झापा । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् ।

मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा–६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका– ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका उहाँको भनाइ छ ।