२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई ग्रुप र यूएनसिडिएफबीच डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्ने सहकार्य(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसिडिएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई गु्रप र यूएनसिडिएफ बीच समझदारी भएको हो । सम्झौता अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन सहकार्य गर्ने भएका हुन् ।

सम्झौतामा विशेष गरी महिला रेमिटेन्स प्राप्त कर्ताहरूका समस्याहरूको न्यूनीकरणमा गर्ने विषयमा बढी केन्द्रित हुने छ । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत सम्झौताले सहजता ल्याउने बताउनु भयो ।

उहाँले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य ग्रुपको रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास रहेको बताउनु भयो । निर्देशक ढकालले युएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने बताउनु भयो ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हीतका लागि सहकार्य गर्दै आइरहेका छन् । सर्वेक्षण एवम अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य रहेको आइएमईले बताएको छ ।

आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।

तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले वहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।