९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मानव सेवाले दिएको खुसी

मानव सेवाले दिएको खुसी
अ अ+ अ-

सुर्खेत । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।

गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहनुभएको छ । उहाले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राख्नुहुन्थ्यो ।

समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्नुहुन्थ्यो । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत हुनुहुन्थ्यो । समाजमा सबै व्यक्तिको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्ने गौतम समाजको विभेद् देख्दा भने चिन्तित हुनुहुन्थ्यो ।

गौतमको गाउँका धेरै मानिस गरिबीको रेखामुनि थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसमाथि विभेद् पनि उत्तिकै थियो । कसैका घर थिएनन् भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । यो समाजको रोग हो, भनेर उहाँले समाज रुपान्तरण गर्ने अठोट लिनुभयो ।

पढ्न नपाएका बालबालिकाका अविभावकलाई शिक्षाको महत्वका बारेमा समेत जानकारी गराउनुहुन्थ्यो सञ्जिताले । उहाँको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसले असल व्यक्तिकारुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद् अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालतसमेत उहाँले गर्नुहुन्थ्यो ।

गौतम कक्षा १२ पढ्दै गर्दा समाजलाई धेरै बुझ्ने भइसक्नुभएको थियो । समाजको हरेक चित्र उहाँको मानसपटलमा घुम्न थाल्यो । गौतम भन्नुहुन्छ, “मानिसको दुःख देख्दा मलाई साह्रै पीडा हुन्थ्यो, यो समाजमा कोही मागेर खानुपर्ने, कोही महलमा बस्नुपर्ने किन भइरहेको छ रु मेरो मनमा प्रश्न उब्जिने गथ्र्यो, अनि मैले सोचे अब मेरो हरेक समय दुःखमा परेका मानिसलाई सहयोग गर्नुपर्छ, सधैँ यही सेवामा लाग्नुपर्छ भन्ने लक्ष्य नै बनाएँ ।”

उहाँले २०७१ सालमा कक्षा १२ उत्तीर्ण गर्नुभयो । उहाँले समाज रुपान्तरणको अभियानमा लाग्ने लक्ष्य लिनुभयो । “मानव सेवा नै संसारको सबैभन्दा ठूलो काम हो भन्ने मलाई लाग्न थाल्यो, विभेदमा परेका मानिस देख्थेँ, उनीहरुको दुःख आफ्नै जस्तो लाग्थ्यो ।” यस अभियानबाट नै मानव सेवा गर्ने र विभेद्रहित मात्र होइन, सुखी समाज बनाउने उहाँको योजना छ ।

सञ्जिताले सुरुमा हेटौँडामा रहेर मानवसेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गर्नुभयो । त्यसपछि गोर्खा मानवसेवा बालआश्रम हुँदै कास्की पोखरामा रहेको मानवसेवा आश्रममा लामो समय काम गर्नुभयो ।

“आश्रममा सेवा गर्दा अझै मासिनको दुःख देख्दा जति नै सेवा गरे पनि नपुगे जस्तो लाग्थ्यो मलाई”, उहाँ भन्नुहुन्छ । त्यसपछि त जति नै चुनौती सामना गरे पनि उहाँले यो सेवामा तल्लीन हुन थाल्नुभयो । अहिले उहाँ सुर्खेतमा रहेको मानवसेवा आश्रममा चार वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएका व्यक्तिको सेवामा लागि रहनुभएको छ । अहिले सो आश्रममा ७० जनाले आश्रय लिइरहनुभएको छ ।

मानव सेवा गर्दा धेरै चुनौती आउँछन् । सहाराविहीन व्यक्तिलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । “सहाराविहीन मानिसलाई आश्रय दिएर आफन्तसँग भेट गराउँदा जीवनकै सबैभन्दा धेरै खुसी मिल्ने रहेछ”, सञ्जिता भन्नुहुन्छ ।

उहाँले मानवसेवा गर्न थालेपछि सुर्खेतमा मात्रै आश्रमबाट झण्डै डेढ एक सय ५० जनालाई आफन्तसँग मिलन गराइसकिएको छ । विसं २०७५ देखि सेवा सुरु गरेको आश्रमले मानवसेवा आश्रम सुर्खेतले साउन र भदौ महिनामा मात्रै आठ जनाको उद्धार गरेको छ भने दुई जनाको पुनःमिलन गराएको जनाएको छ । हाल बुटवल आश्रममा ७३ जनाले आश्रय लिइरहेको मानवसेवा आश्रम कर्णाली प्रदेशले जानकारी दिएको छ । यसमा पुरुष ३८, महिला २७ र बालबालिका छ जना रहेका छन् । रासस