५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा नागरिकता विधेयक रोक्न माग गर्दै रिट



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने रिट निवेदनमा उल्लेख छ ।

वरिष्ठ अधिवक्त डा सुरेन्द्र भण्डारीले गत बिहीबार निवेदन दर्ता गर्नुभएको थियो । सो निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ ।

रिट निवेदनमा वरिष्ठ अधिवक्त भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवाससहित प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाउनुभएको छ ।

उहाँले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी रिट निवेदन दिएको बताउनुभयो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्माको एकल इजलासमा परेको थियो । सो निवेदन ‘हेर्न’ नमिल्ने कारण मंगलबार सुनुवाइ हुन नसकेको हो । मंगलबार स्थगित भएपछि सो निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ ।