५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन प्रिमियर लिग सुरु



अ+ अ-

बैतडी । बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताउनुभयो ।

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएकोे छ । चौबिस टोली सहभागी रहेको सो प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु १ लाख ११ हजार १११सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार ५ सय ५५ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘म्यान अफ द सिरिज पुरुस्कार’ स्वरुप रु ११ हजार १११सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही रु पाँच हजार ५५५ प्राप्त गर्ने जनाइएको छ । उदयीमान खेलाडीलाई रु एक हजार एकसय ११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।