११ श्रावण २०८३, सोमबार
,
Latest
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाद्वारा जिम्मेवारी छाडेको घोषणा



photo : anfa
अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन् ।

आज भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल उपाधि जित्नबाट बन्चित भएपछि थापाले राजीनामाको घोषणा गरेका हुन् ।

परिणाम नल्याउनेले पद ओगटेर बस्नु नहुने उनको भनाई छ । आफूले ७ हप्तामा जेजति गरेको भए पनि नतिजा दिन नसकेको र आफ्नो ठाउँमा कोही योग्य मान्छे आउनुपर्ने उनले खेलपछिको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो ।