• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ★   महिला ट्राफिक प्रहरीहरुलाई महिनावारीका ४ दिन सडकमा डिउटी नपर्ने ★   विपक्षी दलको बैठक जारी ★   गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री ★   खैरालामा स्वास्थ्यचौकी भवन निर्माण ★   गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली ★   बजेटअघि कांग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दै ★   जनताको अपेक्षा र आकाङ्क्षाभन्दा पर पुगेर गरिने शासनले गणतन्त्र बलियो हुँदैन ★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन ★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी

पहिराका कारण ग्रामीण सडक बन्द हुँदा रसुवाको आलु अलपत्र



रसुवा । पहिराले ग्रामीण सडकमा क्षति पुर्याएपछि उत्तरी रसुवाको ब्रावल तथा ठूलो स्याफ्रु क्षेत्रमा उत्पादित आलु स्थानीयस्तरमै अलपत्र परेको छ ।

निरन्तरको वर्षाले सानुभार्खु एवं ब्रावल खोल्छालगायत स्थानमा सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या उत्पन्न भएको हो । स्याफ्रु ब्रावलका आलु उत्पादक किसान सिङ्गबहादुर तामाङका अनुसार सडक अवरुद्ध हुँदा बिक्रीका लागि तयार गरिएको २० ट्रकभन्दा बढी आलु स्थानीयस्तरमै अलपत्र परेको हो । बजार मूल्यअनुसार ४० लाखभन्दा बढीको आलु ढुवानी हुन नसक्दा दर्जनौँ किसानलाई समस्या परेको हो ।

वडादसैँ नजिकँदै गएको र आलु बिक्रीबाट प्राप्त आयले चामल खरिद गर्नुपर्ने बाध्यता रही आएका कारण ग्रामीण सडक सुचारू गरी दिन सरोकारवाला निकायसँग आग्रह गरिएको कृषक तामाङले बताउनुभयो । उत्तरी रसुवाको ब्रावल तथा ठूलोस्याफ्रुमा धान उत्पादन हुदैन । यहाँ कोदो, मकै, फापर जस्ता कृषिजन्य खाद्यान्न र तरकारीतर्फ, रायो साग, मुला, बन्दा, सिमी, काउली एवं फलफूलतर्फ स्याउ उत्पादन हुने गरेको छ ।

लाङ्टाङ जाने पर्यटकीय पदमार्ग रहेका कारण आगन्तुक पाहुनालाई स्थानीयस्तरमा उत्पादित कृषि उपजबाट भोजन तयार गर्ने गरिएको छ । गतलाङ क्षेत्रमा उत्पादित आलु भने व्यापारिक केन्द्रमा ढुवानी भइरहेको छ । गतलाङका किसान मार लामाका अनुसार आलु ढुवानीका लागि पासाङल्हामु मार्गअन्तर्गत रसुवाको बनुवा खण्डको भागमा पहिराले सडक अवरुद्ध गराए पनि धारापानी बेल्चौर खण्डको ग्रामीण सडक चालु रहेका कारण मिनी ट्रकबाट आलु ढुवानी भइरहेको छ ।