२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म माधव नेपालकै मान्छे हुँ : प्रदीप नेपाल



अ+ अ-

काठमाडौं । एमालेका नेता एमाले फुटाएर एमाले समाजवादी पार्टी खोलेर केन्द्रीय कमिटीमा राखेपछि नेता प्रदीप नेपाल युटन भएका छन् । बुधबार नेकपा एमालेभित्रको झगडामा आफु कुनै पट्टि नभएको बताएका नेपनलले आज बोली फेरेका हुन् । 

नयाँ दल दर्ता गर्दा नेपालले पुराना एमालेका नेता नेपाललाई शीर्ष वरियतामा ९५ केन्द्रीय सदस्यमध्ये चौंथो नम्बरमा राखेपछि नेपालले स्टाटस लेख्दै आफू एमालेको घर झगडामा कतै नभएको उल्लेख गर्दै बुधबार साँझ फेसबुकमा यस्तो लेखेका थिए । 

उनले बिहीबार बिहान भने बोली फेरेका छन् । आफ्नो पुरानो स्टाटस हटाएर उनले लेखेका छन्–‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’

सामाजिक संजालमा आफू कुनै गुटमा नरहेको बताएका उनले १४ घण्टा पनि नभई बोली फेरेका हुन् ।