२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म माधव नेपालकै मान्छे हुँ : प्रदीप नेपाल



अ+ अ-

काठमाडौं । एमालेका नेता एमाले फुटाएर एमाले समाजवादी पार्टी खोलेर केन्द्रीय कमिटीमा राखेपछि नेता प्रदीप नेपाल युटन भएका छन् । बुधबार नेकपा एमालेभित्रको झगडामा आफु कुनै पट्टि नभएको बताएका नेपनलले आज बोली फेरेका हुन् । 

नयाँ दल दर्ता गर्दा नेपालले पुराना एमालेका नेता नेपाललाई शीर्ष वरियतामा ९५ केन्द्रीय सदस्यमध्ये चौंथो नम्बरमा राखेपछि नेपालले स्टाटस लेख्दै आफू एमालेको घर झगडामा कतै नभएको उल्लेख गर्दै बुधबार साँझ फेसबुकमा यस्तो लेखेका थिए । 

उनले बिहीबार बिहान भने बोली फेरेका छन् । आफ्नो पुरानो स्टाटस हटाएर उनले लेखेका छन्–‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’

सामाजिक संजालमा आफू कुनै गुटमा नरहेको बताएका उनले १४ घण्टा पनि नभई बोली फेरेका हुन् ।