२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाउन दलहरुलाई प्रमुख आयुक्त थपलियाको आग्रह



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले आज अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाए राम्रो हुने धारणा समेत राख्नु भयो । आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले राजनीतिक दलहरुले आजै सो सूचि बुझाउन नसके भोली (मंगलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उहाँको भनाई थियो । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाउनका लागि हिजो र आज २ दिनको समय दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भईरहने हो कि भन्ने अवस्था हामीले महसुुस गरिराखेका छौं । तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँही लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं ।

आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ । हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं । तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आईपुगेर सो सबै काम थालेर आजहुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाई छ ।’

निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचिमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।

उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरु निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरुले पेश गर्नु हुन्छ । त्यसपछि त्यसलाई हामीले हेर्छौ । हेरेर हाम्रो नियमावलीले के भन्छ भने नौं गतेसम्ममा त्यहाँ कुनै नामनै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यतिनै आउँछ र यतिनै गर्न सकिन्छ भन्ने कुरा छैन ।

पहिला हामीले सबै डकुमेन्टहरु हेरेर तपाईहरुको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं । अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ । त्यो विवरणमा चाँही कुनै पनि हालतमा परिवर्तन हुँदैन ।

त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ । त्यो भन्दा अघि हामी हाम्रो गोपनियता कायम राख्छौं । २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । त्यो सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरु चयन हुनेछन ।’

निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरु अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।