२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची तयार गर्न माओवादी पदाधिकारीको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । समानुपातिक सूची तयार गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो दुई बजे बैठक बस्ने भएको हो ।

समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ । समानुपातिक सूची तयार गर्न माओवादीले महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।

जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

आयोगमा आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् ।