• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

इन्स्टाग्राममा बोल्ड अवतारमा नायिका अदिती बुढाथोकी



काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राममा १६ लाख भन्दा बढी फलोअर्स कमाएकी कलाकार हुन् नायिका अदिती बुढाथोकी । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

उनले सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गरेका तस्बिरहरुमा धेरै नै लाईक र कमेन्ट आउने गर्दछन् । त्यसो त उनको तस्बिरहरु पनि निकै नै बोल्ड किसिमका हुने  गर्दछन् । हालै मात्र मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ ।

अदितीको सो तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिने अदिती सामाजिक संजाल इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।

चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी हाल मुम्बइमा छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् ।