२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जना पक्राउ



अ+ अ-

काठमाडौं । अपार्टमेन्ट भाडामा लिएर ललितपुरमा यौन व्यवसाय संचालन गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राृउ गरेको हो ।

जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी उनीहरु उपर आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।  

पक्राउ पर्नेहरुमा:-

  1. काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल,
  2. काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक
  3. काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट
  4. ललितपुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी
  5. काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी
  6. काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने
  7. काभ्रे पनौती नगरपालिका-७ घर भएका र ३३ वर्षीय प्रतीक कर्माचार्य