काठमाडौं । अपार्टमेन्ट भाडामा लिएर ललितपुरमा यौन व्यवसाय संचालन गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राृउ गरेको हो ।
जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी उनीहरु उपर आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा:-
- काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल,
- काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक
- काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट
- ललितपुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गीता खड्गी
- काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी
- काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने
- काभ्रे पनौती नगरपालिका-७ घर भएका र ३३ वर्षीय प्रतीक कर्माचार्य