२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित गायक मुरलीधर राप्रपामा प्रवेश



अ+ अ-

चर्चित गायक मुरलीधर राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा उनलाई पार्टीमा स्वागत गर्नुभएको छ ।

उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाडामा छ सानो गाउँ जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासंग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानी जस्ता लोकलयमा आधारित गीत समेत गाएका छन् ।

मुरलीधर सिराहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन् । अध्यक्ष लिङ्देनले मुरलीधर जस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको बताउनुभएको छ ।