२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रको निवासमा मानवअधिकार आयोगको टोली



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली पुगेको छ । राणाले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिनुभएको थियो । सोही सम्बन्धमा मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

जबरालाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आएपछि सो बारे बुझ्न टोली उहाँको निवास गएको आयोगले जनाएको छ ।

संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँग जबरा निलम्बनमा पर्नुभएको थियो । तर गए राति १२ बजेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै उहाँ आजदेखि काममा सर्वोच्च फर्कने तयारीमा हुनुहुन्थ्यो ।

यद्यपि सरकारले फर्कन नदिने उहालाई निवासमै ‘नजरबन्द’ गरेको छ । उहाँलाई घरबाट बाहिर निस्कन दिइएको छैन ।