४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

चोलेन्द्र शमशेर, छानबिन समिति र एनसेल

चोलेन्द्र शमशेर, छानबिन समिति र एनसेल
अ+ अ-

प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणा उपरको महाभियोगको संबैधानिक अवस्था के हुन्छ भन्ने बिषयमा गम्भीर संबैधानिक बहस निम्तिएको अवस्था छ।

महाभियोग छानबिन समितिको ९ बुंदे प्रतिबेदनको बुंदा ७ मा उल्लेखित ‘एनसेलको कर छलीको मुद्धा लगायतमा कानूनको ब्याख्याको गम्भीर त्रुटी गरेको’ कुराले मेरो ध्यान आकृष्ट भएको छ।

चोलेन्द्र शमशेर सहितको ५ जनाको ईजलासबाट एनसेलले पूँजीगत लाभकर छलेको देखिएको हुँदा लगभग ६२ अर्ब नेपाली रुपैया एनसेलले कर तिर्नु पर्ने निर्णय भएको थियो। महाभियोग छानबिन समिति सो निर्णय गलत हो भन्ने निष्कर्षमा पुग्नु भनेको एनसेलले ६२ अर्ब रुपैया पूँजीगत लाभकर छली गरेको होइन भन्ने निष्कर्ष निकाल्नु हो। जुन गलत, दुर्भाग्यपूर्ण र हास्यास्पद छभन्ने सम्बन्धमा मेरो धारणा र जिज्ञाशा निम्न बमोजिम छ।

१) महाभियोग छानबिन समितिले सर्बोच्च अदालतको निर्णय उल्टाउन मिल्दैन र पाउदैन।

२) उक्त निर्णय प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणा एक जनाले मात्रै गरेका होइनन, ५ जनाको ईजलासबाट भएको हो। उक्त निर्णय संबैधानिक र कानूनी रुपमा सही उचित र प्रशंसनीय मात्रै होइन संबैधानिक रुपमा अन्तिम समेत भएर बसेको छ।

३) उक्त निर्णय कुनै पनि दृष्टिकोणबाट गलत वा त्रुटिपूर्ण छैन। बरु उक्त निर्णयको बिरुद्धमा एनसेलले थोरै मात्रै पूँजीगत लाभकर तिर्न पाउने गरी मुद्धा हाल्ने, सो मुद्धामा सुनवाई गरि निर्णय गर्ने र गराउने कार्यमा संलग्न कानून ब्यबशायी र चोलेन्द्र शमशेरको के कस्तो भूमिका थियो भन्ने चै छानबिनको बिषय हुनु पर्ने थियो र हुनु पर्दछ । ५ जनाको ईजलासले गरेको निर्णयमा प्रतिकुल प्रभाब पार्न दिने गरि अर्को ५ जनाको ईजलास गठन गरिनु र निर्णय गरिनु किन छानबिन को बिषय बनेन भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ।

४) जो कानून ब्यबशायीहरुले उक्त मुद्धामा एनसेलको पक्षमा बहस पैरवी गरे उनीहरु मध्ये धेरैजसोले प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणा बिरुद्धको आन्दोलनको नेतृत्व गरे र एनसेलले पूँजीगत लाभकर छली गरेको होइन र ६२ अर्ब तिर्न पर्दैन भन्ने धारणा राखे र अहिले उक्त छानबिन समितिले पनि सोहि कुरालाइ आरोपको आधार बनाएको छ। यो संयोग मात्रै हो कि के हो ?

५) नेपाल बारले पनि एनसेलको बारेमा सोहि धारणा संसदमा पेश गरेकोमा मेरो आपति थियो। के नेपाल बार केही कानून ब्यबशायीहरुको ईशारामा चल्ने संस्था हो ? के नेपाल बारको पनि धारणा एनसेलले पूँजीगत लाभकर छली गरेको होइन भन्ने हो ?

६) यति गलत, पूर्बग्राही र भ्रामक आधार टेकेर एनसेललाई चोख्याउने गरी बनेको प्रतिबेदन कति  गम्भिर होला भन्ने प्रश्न उठेको छ।

७) के महाभियोग छानबिन समितिले कुनै समूहको स्वार्थपरक विचार र दृष्टिकोणलाइ आधार बनाउन मिल्छ ?यस बिषयमा थप र गम्भीर छलफल हुन् जरुरी छ ।

डा. सुरेन्द्र भण्डारी वरिष्ठ अधिवक्ता हुनुुहुन्छ ।