२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निलम्बित’ प्रधानन्यायाधीश राणा सर्वोच्च फर्कदै, सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने तयारी पछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत प्रशासनलाई यस बारेमा हिजै जानकारी गराइ सक्नु भएको छ, र आज बिहान उहाँ सर्वोच्च अदालत फर्कनु हुनेछ । राणा स्वयंले सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू नियमित काममा फर्कन लागेकाले आवश्यक तयारी गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभाको महाभियोग सुनुवाई समितिले राणाका सम्बन्धमा प्रतिवेदन हिजो सभामुख अग्नि सापकोटालाई बुझाएको थियो जसमा राणा विरुद्ध महाभियोग लगाउन उपयुक्त हुने सुझाव दिएको थियो । तर प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन ।

महाभियोग लगाउने संसद र सांसद नै नरहेको अवस्थामा महाभियोग स्वतः निस्कृय हुने कतिपय कानुन व्यवसायीको जिकिर छ भने कतिपयले अर्को संसदले महाभियोगका विषयमा निर्णय गर्ने बताइरहेका छन् । आज आइतबारदेखि सर्वोच्च फर्कने तयारी भएसँगै सर्वोच्च प्रशासन, न्यायाधीशहरु र बारका पदाधिकारीबीच छलफल तिब्र भएका छन् ।

 

 

 




भर्खरै