२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव र महन्थको पार्टी दर्ता गर्ने बाटो खुल्यो



अ+ अ-

काठमाडौं ।  निर्वाचन आयोगले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नियमावली संशोधन गरेसँगै दल दर्ताको बाटो खुलेको छ । बुधबार दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपनि नियमावलीको अभावमा  प्रक्रिया अघि बढ्न सकेको थिएन । 

आयोगले नियमावली संशोधन गरेसँगै माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी र महन्थ ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिक दर्ताका लागि बाटो खुलेको हो । आयोगले दल दर्ताको प्रक्रिया छिटो टुंग्याउने योजनाका साथ बिहीबार साँझ संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेको हो । 

नियमावली संशोधन भइसकेकाले अब दुबै पार्टीले पुनः निवेदन दिनुपर्ने आयोग स्रोतको भनाइ छ । सबै प्रक्रिया पुरा गरेर निवेदन दिएपछि बढीमा दुई साताभित्रै आयोग निर्णयमा पुग्ने छ ।

दल दर्ताका लागि केन्द्रीय समितिले दल दर्ताका लागि गरेको निर्णय, दलको विधान, घोषणापत्र, चुनाव चिन्ह, केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको हस्ताक्षर, नागरिकता वा परिचय खुल्ने कागजातलगायत आयोगमा पेश गर्नुपर्नेछ । यस्तै केन्द्रीय समिति समावेशी हुनुपर्ने जस्ता प्रावधान पनि राखिएको छ । बुधबार निवेदन दिने दलहरुले प्रक्रिया पुरा नगरेकाले पुनः निवेदन दिनुपर्ने आयोगको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेलगत्तै माधव नेपाल र महन्थ ठाकुर निर्वाचन आयोगमा छुट्टाछुट्टै दल दर्ताका लागि निवेदन दिन पुगेका थिए ।