२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीमाथी प्रम देउवाको व्यंग्यः परमादेशकै कारण सँगै काम गर्न पायौं



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताउनुभएको छ ।

शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताउनुभयो । परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्न नपाइने भन्दै परमादेशले भेट गर्ने मौका दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ । यो संसद नै परमादेशबाट आएको हो । त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ । धेरै ठुला ठुला विधेयकहरु पास गर्न सकिदैनथ्यो । परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताउनुभयो । उहाँले सरकारले बहुपक्षिय तथा द्धिपक्षिय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आउँदो मंसिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको संघ, प्रदेश सभा सदस्यहरुको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुरा उहाँहरुलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चाहान्छु । निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने नै छ ।’

उहाँले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभयो ।