५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कालजयी नेपाली कविता’ प्रकाशित



अ+ अ-

काठमाडौँ । कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गर्नुभएको छ । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ ।

वीपी कोइराला नेपाल भारत फाउन्डेशनद्वारा प्रकाशित उक्त कृतिमा यस अवधिका एकसय एक कविहरूका एकरएकवटा कालजयी कविता सङ्गृहीत छन् । सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ ।

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकै ठाउँमा सङ्कलन हुन सकेको थिएन ।

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो सङ्कलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र सङ्ग्रहणीय हुने विश्वास फाउन्डेशनले लिएको छ ।

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू सङ्कलित प्रस्तुत सङ्ग्रह नेपाली कविताको इतिहासमा कोसेढुङ्गा सावित हुने विश्वास प्रकाशकले लिएको छ ।

“यो सङ्कलन जातीय, भाषिक, लैङ्गिक र वर्गीय दृष्टिकोणले कुनै आग्रह वा पूर्वाग्रहबाट ग्रसित छैन”, सम्पादक क्षेत्रीले भन्नुभयो, “लेखनकै चिरन्तन र अमरतामा आधारित भएर कविता सङ्कलन गरिएको यो कृति समग्र नेपाली कविताको प्रतिनिधि र कालजयी सङ्कलन बनेको विश्वास लिएको छु ।”