२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार निर्णय गर्ने



अ+ अ-

काठमाडौँ । महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानलाई लिपिवद्ध गर्ने काम आधा सकिएको भन्दै भोलीनै त्यसलाई पनि अन्तिम रुप दिइने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराको सम्पती विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरुले हेरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेरले अहिलेसम्म गर्नुभएका जुन वयान छ, त्यसलाई लिपिवद्ध गर्ने र त्यसलाई नेपाली कागजमा उतारेर उहाँको सहीछाप गराउने काम करिव हामीले आधाउधि गरिसक्यौँ आज । केही करेक्शनका कुराहरु उहाँहरुले पनि गरेर ल्याउनुहुन्छ । र हामीपनि त्यो प्रश्नको करेक्शनहरु गरेर भोलि बिहान साढे ८ बजे बसेर त्यसलाई अन्तिम रुप दिने र त्यसपछि केही प्रश्नको लागि भोलि छलफल गर्ने भन्ने कुरा भएको छ ।

प्रतिवेदनको बारेमा भोलि समिति बसेर निर्णय गर्छ । अरु त्यसको फ्रेमहरु बनाउने लगायतका कुराहरु चलिरहेको छ । कागजातलाई एकिकृत गर्ने, त्यसपछि कपिहरु तयार गरेर राख्ने लगायतका कामहरु भइरहेको छ, उहाँको न्यायपरिषद्बाट माग भए बमोजिमको सम्पती विवरण प्राप्त भएको छ । त्यो लगायतका कुराहरु माननीयज्यूहरुले हेर्दै हुनुुहुन्छ । भोलि प्रतिवेदन लेखनको क्रममा ती कुराहरुको विषयमा छलफल हुन्छ ।’

जबराको सम्पती विवरणको सम्बन्धमा भोलि प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उहाँले बताउनु भयो ।

 




भर्खरै