१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार निर्णय गर्ने



अ+ अ-

काठमाडौँ । महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको बयानलाई लिपिवद्ध गर्ने काम आधा सकिएको भन्दै भोलीनै त्यसलाई पनि अन्तिम रुप दिइने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराको सम्पती विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरुले हेरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेरले अहिलेसम्म गर्नुभएका जुन वयान छ, त्यसलाई लिपिवद्ध गर्ने र त्यसलाई नेपाली कागजमा उतारेर उहाँको सहीछाप गराउने काम करिव हामीले आधाउधि गरिसक्यौँ आज । केही करेक्शनका कुराहरु उहाँहरुले पनि गरेर ल्याउनुहुन्छ । र हामीपनि त्यो प्रश्नको करेक्शनहरु गरेर भोलि बिहान साढे ८ बजे बसेर त्यसलाई अन्तिम रुप दिने र त्यसपछि केही प्रश्नको लागि भोलि छलफल गर्ने भन्ने कुरा भएको छ ।

प्रतिवेदनको बारेमा भोलि समिति बसेर निर्णय गर्छ । अरु त्यसको फ्रेमहरु बनाउने लगायतका कुराहरु चलिरहेको छ । कागजातलाई एकिकृत गर्ने, त्यसपछि कपिहरु तयार गरेर राख्ने लगायतका कामहरु भइरहेको छ, उहाँको न्यायपरिषद्बाट माग भए बमोजिमको सम्पती विवरण प्राप्त भएको छ । त्यो लगायतका कुराहरु माननीयज्यूहरुले हेर्दै हुनुुहुन्छ । भोलि प्रतिवेदन लेखनको क्रममा ती कुराहरुको विषयमा छलफल हुन्छ ।’

जबराको सम्पती विवरणको सम्बन्धमा भोलि प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उहाँले बताउनु भयो ।